|

पर्वत : पर्वतको कुश्मा नगरपालिका– ५ मा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। राममन्दिरनजिकै नरेश श्रेष्ठको बन्दै गरेको घरमा मार्बल सार्ने क्रममा करेण्ट लागेर कुश्मा–११ पकुवा घर भएका ३८ वर्षीय राजु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए। 

काम गर्ने क्रममा मार्बल काट्ने मेसिनको तारमा हात छोइएपछि विकलाई करेण्ट लागेको हो। जिल्ला अस्पताल पर्वतमा कार्यरत प्रहरी जवान पूर्णबहादुर भण्डारीका अनुसार शवको पोष्टमार्टम छलफलपछि मात्र बिहीबार गरिनेछ। पीडित पक्ष, मार्बल बिछ्याउन ठेक्का लिएका ठेकेदार र प्रहरीबीच जिल्ला प्रहरी कार्यालय पर्वतमा बुधबार हुने छलफलमा क्षतिपूर्तिको विषयमा सहमति भएपछि मात्र पोष्टमार्टम हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.