|

काठमाडौं: राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि इन्धनमा लगाइएको करबाट सवा १३ अर्ब रुपैयाँ संकलन भएको छ। सरकारले आयोजना प्रभावितका लागि मुआब्जा वितरण गर्न आवश्यक रकम व्यवस्थापन गर्न डेढ वर्ष अघिदेखि पेट्रोलियम पूर्वाधार कर बापत डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ कर लगाउँदै आएको छ।

करिब एक हजार दुई सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न गर्न दुई खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान छ। ‘यो लागतअनुसार एकै पटक इन्धनबाट लगानी उठाउन नसकिए पनि अन्य स्रोत नभेटिएको अवस्थामा करिब २६ वर्षमा गरी कुल लागतको रकम इन्धनको करबाटै उठाउन सकिन्छ भन्ने तथ्यांकले प्रस्ट पारेको छु, नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले भने,‘इन्धन करबाट बूढीगण्डकी आयोजनाको निर्माण गर्न भने केही समय कुनुपर्ने हुन्छ।

निर्माण कार्य चाँडै गर्न सरकारले ५० प्रतिशत अन्य स्रोत परिचालन गर्नुपर्छ । आयोजनाका लागि आवश्यक रकम व्यवस्थापन गर्न सकिने प्रतिवेदन संसद्को कृषि तथा जलस्रोत समितिले दुई वर्षअघि नै सरकारलाई बुझाएको थियो। समितिका तत्कालीन सभापति गगन थापाले नागरिक लगानी कोषबाट स्किम सञ्चालन गरी ७५ अर्ब, टेलिकमबाट स्किम सञ्चालन गरी ५० अर्ब, संस्थागत लगानीकर्ताबाट २५ अर्ब र नेपाल सरकारको इक्विडिटी ६० अर्ब, संकलन गर्न सकिने प्रतिवदेन दिएको थियो।यसैगरी, सर्वसाधारणबाट सेयर जारी गरी १० अर्ब, वाणिज्य बैंकहरूबाट १० अर्ब, सार्वजनिक संस्थानबाट १५ अर्ब, अर्थमन्त्रालय तथा अन्यबाट पाँच अर्ब रुपैयाँ संकलन गरी आयोजना निर्माण गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन दिएको थियो।

निगमका अनुसार बूढीगण्डकीको नाममा १३ अर्ब १६ करोड रुपैयाँ संकलन भइसकेको छ।आव २०७२र७३ मा एक अर्ब १६ करोड, आव २०७३र७४ मा १० अर्ब र चालू आर्थिक वर्ष २०७४र७५ को चार महिनामा दुई अर्ब रुपैयाँ इन्धन कर संकलन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.