|

इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको अल रवाडा मस्जीदमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा २३५ मारिएका छन्।
आक्रमणमा परेर १३० भन्दा बढी घाइते भएको बताइएको छ। घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ। घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन्।

शुक्रबारको प्रार्थनामा रहेकालाई लक्षित गरेर बम विस्फोट गरिएको र त्यसपछि अन्दाधुन्द गोली प्रहार गरिएको थियो। प्रहरीका अनुसार चार गाडीमा आएका ४० भन्दा बढी हतियारधारीले सुरुमा बम विस्फोट गरेका थिएभने त्यसपछि नमाज पढिरहेका मानिसहरुमाथि गोली चलाएका थिए।

इजिप्टका राष्ट्रपति अब्दुल फतह अलसीसीले हमलापछि आपतकालीन सुरक्षा बैठक बोलाएका थिए। हमलाको बदलामा इजिप्टका सुरक्षाकर्मीले आतंककारी बस्ने भनिएका सन्दिग्ध ठाउँहरुमा हवाइ हमला गरेको बताएको छ।

उक्त हमलाको अहिलेसम्म कुनै पनि समूहले लिएको छैन। तर, यो हमला आतंककारी भएको बताइएको छ।

हमलाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत विभिन्न देशबाट आलोचना गरिएको छ।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.