|

बारा : वाम गठबन्धनबाट बारा क्षेत्र नम्बर २ को 'क' प्रदेशतर्फका उम्मेदवार गणेश साहको घरमा शंकास्पद वस्तु भेटिएको छ।

साहको महानगढीमाई नगरपालिका वडा नम्बर १० गञ्जभवानीपुरमा रहेको घरको ढोकामा कालो पलाष्टिकको झोलामा बेरेर राखिएको शंकास्पद वस्तु बम भएको आशंकमा प्रहरीले घेरा हालेर राखेको छ।

बम भए नभएको अहिले भन्न नसकिने  बारा प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। घटना स्थलमा बम डिष्पोजल टोली पठाइएको  उपरीक्षक  बैदवारले जानकारी दिए।

बम भएको आशंकामा स्थानीय त्रसित भएका स्थानीय दिपेन्द्र जैसवालले बताए। बरियापुर–कलैया सडक पनि बन्द गरिएको जैसवालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.