|

  • आलोक माबोहाङ्

ताप्लेजुङ : मतदानको १७ घण्टा पहिले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु जन मावि मतदान केन्द्रमा शक्तिशाली बम विस्फोट भएको छ।

शनिबार दिउँसो १ : ३५ बजे उक्त बम विस्फोट भएको हो।

मतदानको लागि व्यवस्थापनको काम सकिएको अवस्थामा उक्त विष्फोट भएको हो।

विस्फोट गरिएको १० मीटर छेउमा मतदान अधिकृत कुबेर नेपाली सहितको कर्मचारीले मतदाता परिचयपत्र वितरण गरिरहेका थिए।

निर्वाचनअधिकृत नेपालीले थप सुरक्षाको व्यवस्था नभए, निर्वाचन गर्न नसकिने प्रतिक्रिया दिएका छन्। विस्फोट भएको स्थाल वरिपरि १ मीटर खाल्डो परेको छ। कुनै मानविय क्षति भने भएको छैन।

जिल्लामा सुरक्षाको अवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी मोहन जीसीले दावी गरेको बेला उक्त विस्फोट भएको छ।

मतदान स्थललाई सुरक्षा घेरामा राखेको बेला नै विस्फोट भएको हो। विस्फोट भएको १ घण्टापछि थप सुरक्षाकर्मीसहित प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुख घटनास्थल पुगका छन्।

विस्फोटको जिम्मा कसैले लिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.