|
मतदाता परिचयपत्र वितरण गर्दै रसुवा मावि धुन्चेका महिला कर्मचारी।

  • अनु आचार्य

रसुवा : प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरण अन्तर्गत आइतबार हुन लागेको मतदानको लागि यहाँको एक निर्वाचन केन्द्रमा मतदान गराउने कर्मचारी महिला मात्रै खटाइएका छन्।

गोसाईकुण्ड गाउँपालिका ६ स्थित रसुवा मावि धुन्चे मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला कर्मचारी मात्र खटाइएको छ।

निर्वाचनस्थल महिलामैत्री र नमुना केन्द्रका रूपमा स्थापित गर्नका लागि महिलाकै नेतृत्वमा निर्वाचन केन्द्र सञ्चालन गर्नका लागि महिला जनशक्ति मात्र खटाइएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए।

सुरक्षाकर्मीमा भने पुरुष पनि तैनाथ गरिएका छन्।

८ सय ५५ मतदाता रहेको उक्त मतदान केन्दलाई नमुना केन्द्र बनाउन लागिएको हो।

मतदान अधिकृतका रुपमा महिला तथा बालबालिका कार्यालय रसुवाका महिला विकास अधिकृत गोमा वाग्लेले नेतृत्व गरेको उक्त टिममा सिचाई कार्यालयकी नायव सुब्बा देवकी बुढाथोकी सहायक मतदान अधिकृतका रुपमा परिचालन भएकी छन्।

त्यस्तै नापी कार्यालयकी नायव सुब्बा अन्जु नेपाल,  महिला तथा बालबालिका कार्यालयकी  प्रतिभा बेलबासे, उद्योग विकास शाखाकी लक्ष्मी ज्ञवाली र जिल्ला सरकारी वकिल कार्यालयकी रुपा पुडासैनी सहायकका रुपमा खटिएका छन्। दुई जना कार्यालय सहयोगी पनि महिला नै नियुक्त गरिएका छन्।

आइतबार हुने निर्वाचनका लागि लागि रसुवामा ३ सय ५६ जना जनशक्ति परिचालन गरिएको छ।

५ गाउँपालिका रहेको रसुवामा ३४ मतदान स्थल र ४५ मतदान केन्द्र रहेको छ भने ३२ हजार ३ सय २३ जना मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.