|

ओखलढुंगा : ओखलढुंगाको सुनकोसी गाउँपालिका वडा नं. २ स्थित बलखु मतदान केन्द्रमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी एमालेका जिल्ला नेतासहित ३ जना घाइते भएका छन्।

घाइते हुनेमा एमालेका जिल्ला सदस्य ज्ञानबहादुर खड्का तथा कार्यकर्ताद्वय अखिल खड्का र सरोज तामाङ छन्। जिल्ला सदस्य खड्काको घुर्मी सामुदायिक अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

झडप भए पनि मतदान भने जारी छ। वाम गठबन्धनले सो केन्द्रमा आफूहरुको एजेन्टविनै मतदान भइरहेको बताएको छ। तर, प्रहरीले भने एमालेको एजेण्टसमेतको उपस्थितिमा मतदान जारी रहेको जानकारी दिएको छ।

'त्यहाँ रहेका एमाले एजेन्टको पनि नाम आएको छ, तर हामीले नाम दिन मिल्दैन,' डिएसपी अर्जुन तिमिल्सिनाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.