|

सिरहा: सिरहाको कल्याणपुरमा अज्ञात समुहले गोली चलाएको छ। कल्याणपुर नगरपालिका वडा ५ निर्दान घाटमा सुरक्षा चेकजाच भइरहेको बेला अज्ञात समुहबाट गोली प्रहार प्रहार भएको डीएसपी राजन भेटवालले जानकारी गराए।

भेटवालका अनुशार अज्ञात समुहबाट चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरी घाइते भएका छन्। घाइते प्रही जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुवको लागि उपचारको लागि फुलकुमारी मेमोरियल मेडिकल कलेजमा पुर्‍याइएको डिएसपी भेटवालले जानकारी गराए।

दिउसो २ बजे सुरक्षा चेक जाचको क्रममा गोली चलेको थियो। गोली कसले चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.