|

धादिङ : निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा ख का उम्मेदवार शालिकराम जमकट्टेलले निर्वाचनको मूल मर्मविपरीत स्वस्तिक छाप लगाएको मतपत्र सार्वजनिक गरे। गजुरी गाउँपालिका–७, किराञ्चोक कटुञ्जे मावि मतदान केन्द्र ख बाट मतदान गरेका उनले आफूले मतदान गरेको पत्र कार्यकर्तालाई देखाउँर्दै फोटो सेसनसमेत गराए।

उनले देखाएको मतपत्रमा प्रतिनिधिसभातर्फ सूर्य चिह्नमा तथा प्रदेशसभातर्फ समानुपातिकमा गोलो घेराभित्रको हँसिया हथौडामा स्वस्तिक छाप लगाइएको छ।

निर्वाचन कानुनमा ‘कानुनबमोजिम अधिकार पाएकोमा बाहेक निर्वाचनसम्बन्धी काम गर्न खटिएको कुनै पनि कर्मचारी, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि, मतगणना प्रतिनिधि वा अन्य कुनै व्यक्तिले मतपत्रमा मतदाताले संकेत गरेको मत वा तत्सम्बन्धमा आफूलाई जानकारी रहेको वा हुन आएको अन्य कुरा कसैलाई भन्न, लेख्न, प्रकट गर्न वा प्रकाश गर्न हुँदैन’ उल्लेख छ।

तर माओवादी उम्मेदवार जमकट्टेलले भने आफूले छाप लगाएको मतपत्र पत्रकार र त्यहाँ उपस्थित सबैलाई देखाउँदै फोटोसेसन समेत गराए। निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र प्रदर्शन गर्ने, गोप्य मत संकेत स्थलमा मत संकेतनगरी त्यसभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न पाइँदैन।

मतपत्र सार्वजनिक गरिएमा मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ। मतपेटिकामा मत खसाली नसकेको भए मतदान अधिकृतले त्यस्तो मतपत्रलाई छुट्टै राखी त्यस्तो खाममा सोही व्यहोरा उल्लेख गरी मुचुल्का डा गरेर राख्नुपर्छ। तर सो मतदान केन्द्रका अधिकृत तुलसीराम खनालले आफूलाई यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.