|

गोरखा : गोरखा- २ मा चुनावी प्रतिस्पर्धामा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई वा नारायणकाजी श्रेष्ठ कसले जित्ला भन्नेबारे लाखौंको बाजी परेको छ। दुई नेताको जित हारको परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचनसम्म कुर्नुपर्नेछ। आइतबार सम्पन्न पहिलो चरणको मतगणना पनि मंसिर २१ गते साँझपछि मात्र सुरु गरिनेछ।

गोरखा नगरपालिका- ८ का थापा थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा १ लाख तिर्ने बाजी थापेका छन्। गोरखा नगरपालिका- १३ का गुरुङ थरका अर्का युवा श्रेष्ठले जित्ने दाबीका साथ हारेमा थापालाई १ लाख तिर्न तयार भएका छन्। उनीहरुले १-१ लाख रुपैयाँ विश्वास गर्ने एक मध्यस्थकर्तालाई बुझाइसकेको जानकारी दिए।

यस्तै गोनपा- ८ का खत्री थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा ५० हजार रुपियाँको बाजी थापेका छन्। उनका जोडी बस्नेत थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा ५० हजार तिर्ने जनाएका छन्। उनीहरुले पनि मध्यस्थकर्तालाई ५०/५० हजार रुपियाँ बुझाइसकेको जनाएका छन्।

त्यस्तै गोनपा- ८ कै अर्का थापा थरका युवाले भट्टराईले जित्ने दाबी गर्दै हारेमा ५० हजार तिर्ने जनाएका छन्। श्रेष्ठले जित्ने अडानका साथ बस्नेत थरकै अर्का युवाले ५० हजार रुपैयाँ तिर्न राजी भएका छन्। उनीहरुले पनि ५०/५० हजार रुपियाँ जम्मा गरिसकेका छन्।

थापा थरका स्थानीय अर्का युवाले भट्टराईले जित्ने दाबीका साथ ५० हजार रुपियाँको बाजी खेलेका छन्। उनका जोडी कट्टेल थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबी गर्दै हारेमा १० हजार रुपियाँ तिर्ने खेल खेलेका छन्। उनीहरुको रकम पनि मध्यस्थकर्तालाई बुझाइसकेका छन्।

उनीहरु सबैले नाम उल्लेख नगरिदिन अनुरोध गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.