|

रामेछाप : जिल्लाका एक सय ९१ मतदान केन्द्रका ५ सय ७३ मतपेटिका सदरमुकाम मन्थली ल्याइएको छ। जिल्लाका ९० मतदान स्थलका एक सय ९१ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाममा शिलबन्दी गरेर राखिएको प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले जानकारी दिए।

सदरमुकाम मन्थलीस्थित जिल्ला मालपोतको कार्यालय भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सबै राजनितिक दलको बैठकपछि मतपेटिका तीन वटा कोठामा शिलबन्दी गरी राखिएको छ। मतपेटीका राखीएको स्थानमा प्रत्येक उम्मेदवारको दुई/दुई जना प्रतिनिधि बस्न पाउने व्यवस्था गरिएको छ भने सीसी क्यामेराको समेत निगरानी रहेको छ। मतपेटिका राखिएक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको लागि आइतबार भएको निर्वाचनमा रामेछापमा करिव ५८ प्रतिशत मत खसेको छ।  जिल्लाका कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेकोमा ८९ हजार ५ सय ८७ जनाले मत खसेको प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले जानकारी दिए। उनका अनुसार ४४ हजार १ सय १४ जना महिला र ४५ हजार ७ सय ७३ पुरुषले मत खसालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.