|

काठमाडौं : सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले जानकारी दिए।

मन्त्रिपरिषद बैठकपछि ट्विटरमा उनले लेखेका छन् ' आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रनिर्माता प्रति सम्मान गर्दै पृथ्वी जयन्तिका दिन पौष २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा प्रति हार्दिक आभार।'

विगतमा सरकारले पुस २७ गते सार्वजनिक विदा दिने गरे पनि जनआन्दोलन २०६२/६३ पछि सार्वजनिक विदा दिन छोडिएको थियो। उपप्रधानमन्त्री थापाको पार्टी राप्रपाले उक्त दिन विदा दिनुपर्ने माग गर्दै आएको थियो।

बिहीबारको मन्त्रिपरिषद बैठकले हेटौडाको रातोमाटेदेखि चौकिटोलसम्मको पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने र रातोमाटेदेखि राप्तीपुलसम्मको बाइपासलाई राजमार्गका रुपमा निर्माण गर्ने निर्णय गरेको छ। त्यस्तै हेटौडाको बजार क्षेत्रमा दुवै तर्फ १६/१६ मिटरको सडक निर्माण गर्ने निर्णय गरेको उपप्रधानमन्त्री थापाले ट्विटरमार्फत जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.