१४ प्रहरीसहित १७ जना घाइते

|

रौतहट : रौतहटको गरुडामा बिहीबार राति प्रहरी र मधेस केन्द्रित दलका कार्यकर्ताबीच झडप हुँदा १७ जना घाइते भएका छन्। गरुडा नगरपालिका–५ महोम्मदपुरमा मधेस केन्द्रित दलले मधेस आन्दोलनको भिडियो देखाएर मतदातालाई भोट माग्ने क्रममा प्रहरीले निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै भिडियो देखाउन रोक लगाएपछि झडप भएको हो।

झडपमा १४ जना प्रहरी र ३ जना मधेस केन्द्रित दलका कार्यकर्ता घाइते भएका छन्। झडप नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाइ फायर तथा ३ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ। संघीय समजवादी फोरमका केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य उम्मेदवार योगेन्द्र यादवले भने आफूहरुको निर्वाचन प्रचारप्रसारमा प्रहरीले ज्यादती गरेपछि झडपको स्थिति सिर्जना भएको दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.