|

  • तिलाचन पाण्डे

गुल्मी: निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन मतदाता शिक्षा स्वयमसेवक गाउँ पस्‍न थालेका छन्। निर्वाचन शिक्षाका लागि जिल्लामा दुई सय ५१ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयसेवकहरु रहेको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

अहिले गाउँगाउँमा मतदाता शिक्षा स्वयसेवक आउन थालेपछि चुनाव आएजस्तो भएको कालिगण्डकी गाउँपालिका वडा नं १ का तिलक रानाले बताए। 'नेता कार्यक्रम गरेर फर्किए पनि सुनसान थियो' रानाले भने 'मतदाता शिक्षा सामग्री सहित स्वयसेवक आएपछि बल्ल चुनाव आए जस्तो भएको छ'  गुल्मीमा स्वयसेवहरुलाई २४ कात्तिकबाट गाउँगाउँमा पठाएको निर्वाचन कार्यालले जनाएको छ। गुल्मीका गएको स्थानीय निकाय निर्वाचनमा १.३७ प्रतिशत मत बदर भएका थिए। एक लाख ८० हजार सात सय ७५ मतदाता रहेका थिए। जसमा ७० प्रतिशत मत खसेको थियो।  

गुल्मीका ४८ मतदानस्थल संवेदनशील

गुल्मीका एक सय ३८ मतदान स्थलमध्ये ४८ वटा संवेदनशील मतदान स्थललाई संवेदनशीलको सूचीमा राखिएको छ। सुरक्षा, सडकको पहुँच, राजनीतिक प्रतिस्प्रर्धा, अघिल्ला चुनावहरुमा गतिविधीका आधारमा मतदान स्थललाई अतिसंवेदनशील, संवेदनशिल र सामान्य गरि तीन चरणमा बिभाजन गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए।

गुल्मीमा एक सय सय ३८ मतदान स्थलमा दुई सय ५१ मतदान केन्द्र तय गरिएको छ। स्थानीय निकाय निर्वाचनमा कायम भएका मतदान स्थललाई नै अहिले कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.