|

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आफूमाथि भएको बम प्रहरबारे प्रतिक्रिया दिएका छन्।

थापाले आफ्नो निर्वाचन कार्यक्रमबारे पूर्ण जानकार भएको व्यक्तिले नै बमप्रहार गरेको बताए। टिचिङ अस्पतालमा उपचार गराएपछि पत्रकार तथा उपस्थितलाई जानकारी दिदै उनले भने, ' मेरो चुनावी कार्यक्रमका बारेमा सम्पूर्ण जानकारी भएको मान्छेले योजनावद्ध तरिकाले आक्रमण गरेका हुन्।'

थापाले मतदानको दुई दिनअघि गरिएको आक्रमणले लोकतन्त्रको उपहास गरेको बताए। उनले आक्रमण जसले गरेको भए पनि सुनियोजित रुपमा लिएको बताए।

थापाले चुनाव लक्षित हिंसा गर्नेलाई कारबाही गरेर मतदातालाई ढुक्कसँग भोट हाल्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन्। उनले भने, 'हिंसात्मक राजनीति गर्नेलाई कारबाही होस्, मतदातालाई सुरक्षित भएको सरकारले आभाष दिलाउनुपर्छ।'

थापाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रचारप्रसारको अन्तिम दिन सोमबारका लागि तय गरिएका कुनैपनि कार्यक्रम स्थगित नगर्ने जानकारी दिए।

सोमबार विहान काठमाडौंको बुढानीलकण्ठ नगरपालिका २ चपली भंगालमा घरदैलोको क्रममा थापाको टोलीमाथि बम आक्रमण हुँदा ११ जना घाइते भएका छन्। जसमध्ये ३ राजकाजी श्रेष्ठ, रिनु बडुवाल र श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.