|

काभ्रेपलाञ्चोक : मंसिर यही २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि खटिएका कर्मचारीले सबै मतदान केन्द्रमा पुगेर मंगलबारदेखि मतदाता परिचय पत्र वितरण सुरु गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयले नयाँ थपिएका र परिचयपत्र लिन बाँकी रहेका मतदातालाई जिल्लाका ३५० वटा मतदान केन्द्रबाट परिचयपत्र वितरण सुरु गरेको हो। ‘हामीले नयाँ थपिनुभएका ४१ हजार चारसय ४३ जना नयाँ र करिब २८ हजार पुराना गरी ७० हजार हाराहारीमा मतदाता परिचयपत्र आज र भोलि वितरण गर्दैछौं’ जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले भने।

यसअघि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र नलिएकाहरुलाई पनि अहिले नै वितरण गरिने पोखरेलले जानकारी दिए। यसअघि नै मतदाता परिचयपत्र लिइसकेकाहरुले भने पुरानै पचिरयपत्रबाट मतदान गर्न सक्नेछन्।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि काभ्रेपलाञ्चोक जिल्लाबाट १ लाख ३६ हजार ८९१ जना पुरुष, १ लाख ३५ हजार ४०० महिला र १ जना तेस्रो लिङ्गी गरी जम्मा २ लाख ७२ हजार २९२ जना मतदाता संख्या रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.