|

भद्रपुर (झापा) : सीमानाका बन्द गरिएकै अवस्थामा झापाको काकँडभिट्टा नाकाबाट लागूऔषध ओसारपसारमा संग्लन दुई जना पक्राउ परेका छन्। दमक नगरपालिका–३ बेलडाँगी बस्ने 'हट नम्बर ९ सेक्टर डी १' बस्ने २० वर्षीय ज्ञानबहादुर क्षेत्री र 'हट नम्बर १२४ सेक्टर बी ३' बस्ने २८ वर्षीय मनमाया गुरुङ लागूऔषधसहित पक्राउ परेका हुन्।

शरीरका विभिन्न भागमा लुकाएको लागूऔषध डाइजेपाम ४१ एम्पुल, लुपिजेसिक ४१ एम्पुल र फेनारगन ४१ एम्पुल बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। बोर्डर सिल भएकै बेला भारतको पानीट्याङ्की हुँदै काकँडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न लाग्दा प्रहरीले मेची पुलमा उनीहरूको जाँच गर्दा लागूऔषध बरामद भएको डीएसपी बस्नेतले बताए।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.