|

प्युठान : प्युठानमा माओवादी उम्मेदवारको घरअगाडि भेटिएको टाइम बम नेपाली सेनाले निष्क्रिय पारेको छ। प्युठान नगरपालिका- ६ नयाँबजार जुम्रीस्थित प्रदेशसभा समानुपातिकतर्फकी माओवादी उम्मेदवार राधा अधिकारीको घरअगाडि बुधबारबिहान भेटिएको बम सेनाको टोलीले निष्क्रिय पारेको हो।

मतदातालार्इ तर्साउन निर्वाचनविरोधीहरुले राखेको बम निष्क्रिय पारिएको प्रहरी निरीक्षक गोबर्द्धन थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.