|

महेश्वर अधिकारी-

    बारा : दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन आउन अब एक दिन मात्र बाँकी छ। मतदाताको दिन नजिकिएसंगै अपाङ्गता भएका मतदातालाई भने पिरलो भएको छ। मतदान स्थल अपाङ्गता मैत्री नहुँदा स्थानीय तह निर्वाचनमा समस्याका भोगेका उनीहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा त्यहि नियती दोहोरिने हो कि भन्ने चिन्तामा छन्।

    अपाङ्ग सेवा संघ बाराका कार्यबाहक अध्यक्ष धन प्रसाद बजागाईले अपाङ्गगता मैत्री मतदान स्थल बनाउन आग्रह गरेका छन्। ह्वीलचियर प्रयोगकर्ता रहनु भएका कार्यबाहक अध्यक्ष बजगाईले मतदान केन्द्रमा रहने मतपेटिका बाकससम्म सहज रुपमा पुग्ने गरि वातावरण बनाउन आयोगसंग माग गरेका छन्।

    दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन हुन केही दिनमात्र बाँकी रहँदासम्म पनि अपांगता भएका व्यक्तिहरुले मतदाता शिक्षा पाउन सकेका छैनन्। एक जना पनि मतदान अधिकृत अपाङ्गता भएक ब्यक्ति नहुनुले पनि अपाङ्गता मैत्री केन्द्र निर्माणमा कसैले चासो नदिएको बजगार्इंको बुझाई छ।

    जिल्ला निर्वाचन कार्यालय बाराका प्रम्ुख नरेश सरार्फले भने सबै मतदान केन्द्र अपाङ्गता मैत्री बनाउन नसकिएको स्वीकार गर्छन्। अपाङ्गता मैत्री बनाउन ठाँउको अभावदेखि आर्थिक स्रोतको समेत समस्या रहेको प्रमुख सर्राफले बताए।

    २०६८ सालको जनगणनाअनुसार नेपालमा शारीरिक अपांगता भएकाहरु कुल जनसंख्याको १ दशमलव ९४ प्रतिशत छन्। त्यसमध्ये ९४ हजार ७६५ जना दृष्टिविहीनहरु छन् भने ९ हजार ४३६ जना श्रवणशक्ति कमजोर भएका अपांग व्यक्तिहरु छन्। अरु अपांगता भएका व्यक्तिहरुलाई मतदानस्थलसम्म पु¥याउनसके सहजै मतदान गर्न सक्छन्। तर, दृष्टिविहीन र श्रवणशक्ति नभएकाहरुमा भने यो सम्भवै छैन्।

    मतदान केन्द्रहरु अपांगमैत्री नहुँदा मतदान गोप्य हुने भएपनि आफूहरुले गरेको मतदान गोग्य नहुने दृष्टिविहीनहरुको गुनासो छ। उनीहरु मतदान अधिकृत वा आफ्नो परिवारको कोही सदस्यको सहयोगमा मतदान गरे पनि आफूले चाहेको व्यक्तिलाई मत दिने हो कि होइन भन्नेमा आफूहरु विश्वस्त छैनन्। अरु देशमाजस्तै यहाँ पनि अपांगमैत्री संरचाहरुको निर्माण गरिदिए आफूहरुलाई सहज हुने पथलैयाकी दृष्टिविहीन अन्जु गौतमको भनाइ छ।

    नेपालको संविधानले अपांगता भएका व्यक्तिहरुको हक, अधिकार सुनिश्चित गरेपनि राजनीतिक दलहरुले अपांगता भएका व्यक्तिहरुको राजनीतिक अधिकारकाबारेमा बेवास्ता गरेको अधिकारकर्मी बिदुर खड्काको गुनासो छ।

    अपांगता भएका व्यक्तिहरुमध्ये पनि दृष्टिविहीनका लागि मतदान केन्द्रसम्म पुग्न र मतदान गर्न समस्या छ। तर, सरकारले कुनैपनि स्थानमा दृष्टिविहीनलाई प्राथमिकतामा राखेर मतदान केन्द्र नबनाएको खड्काले बताए। मतदान केन्द्रहरु अपांगमैत्री नबन्दा र मतदाता शिक्षा नै नपाएकाले धेरै दृष्टिविहीन मतदाताहरु मतदान गर्नबाट बन्चित हुनुपरेको उनको भनाइ छ।

    प्रतिनिधिसभाका ४ र प्रदेश सभा ८ क्षेत्रका लागि ३ सय ३ मतदानस्थल र ४ सय ५ मतदान केन्द्रको व्यवस्था गरिएको छ। जिल्लामा ३ लाख ४९ हजार ९ सय ४७ मतदाता रहेका छन्। सुरक्षाका दृष्टिले १ सय २१ मतदानस्थल अति संवेदनशील, ९७ संवेदनशील र ७२ सामान्य गरी विभाजन गरिएको छ। सुरक्षा मजबुत बनाउन नेपाल प्रहरी १८ सय, म्यादी प्रहरी २ हजार ५ सय, सशस्त्र प्रहरी ११ सय ५१ र नेपाली सेनासहितको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए।  

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.