|

रुकुम : रुकुम पूर्वमा माओवादी केन्द्रकी कमला रोका प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छिन्। उनले १० हजार ४ सय ३४ मत ल्याएर कांग्रेसका हरिशंकर घर्तीलाई हराएकी हुन्। घर्तीले ४ हजार ४ सय ६ मत पाएका छन्। ​

रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्यमा ६ जनाको उम्मेदवारी परेको थियो। २७ हजार ९ सय २८ मतदाता रहेको जिल्लामा १८ हजार १ सय ३२ मत खसेको थियो । 

को हुन् रोका ?
२०३२ सालमा रुकुमको प्वाँङमा जन्मिएकी कमला रोका २०४६ सालदेखि राजनीतिमा लागेकी हुन्। जनयुद्धको थालनीमा सुरक्षा दलमा भर्ती भएकी कमला रोका कक्षा १० कक्षा परीक्षा नदिँदै भूमिगत भएकी थिइन्। २०५३ सालमा माओवादीको जिल्ला समिति सदस्य भएकी कमला २०६१ सालमा माओवादीको केन्द्रीय सदस्य भइन्। 

रुकुमको अति दुर्गम क्षेत्रमा किसान परिवारमा जन्मेकी कमला लेखक पनि हुन्। उनी माओवादीको युवा सङगठन वार्इसीएलका पूर्व अध्यक्ष गणेशमान पुनकी श्रीमती हुन्। संविधानसभामा माओवादीका तर्फबाट समानुपातिक सभासद कमला रोका अहिले वाम गठबन्धनका तर्फबाट उमेदवार बनेकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.