प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ क्षेत्रमा कांग्रेस पछिपछि

|

बागलुङ : मतगणना सुरु भएदेखि नै अग्रता लिएको वाम गठबन्धनले कांग्रेसलाई २ हजारभन्दा बढी मतले पछि परेको छ। दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको बागलुङका सबै सिटमा गठबन्धनको अग्रता छ।

प्रतिनिधिसभा–१ मा  एमालेका डाक्टर सूर्य पाठकले कांगे्रसका चम्पादेवी खड्कालाई २ हजार २ सय सात मतले पछि परेका छन्। पाठकले ८ हजार १ सय ५१ मतप्राप्त गर्दा खड्काले ५ हजार ९ सय ४४ मत ल्याएकी छिन्।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल सुनिलले १ हजार ६ सय ७० मतअन्तरसहित कांग्रेसका नरबहादुर पुन निरजलाई पछि परेका छन्। पौडेललाई पछ्याइरहेका पुनको ५ हजार ३ सय ८२ मत छ । पौडेलले ७ हजार ५२ मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश सभा क मा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले कांग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापालाई ८ सय ४१ मतले पछि परेका छन् । सापकोटाले ४ हजार २ सय ५० मत ल्याउँदा थापाको ३ हजार ४ सय ९ मत छ।

प्रदेश सभा खमा कांग्रेसका प्रकाश पौडेलमाथि राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले १ हजार १ सय ३६ मतको अग्रता कायम गरेका छन्। निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा कमा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा सागर भन्दा काँग्रेसका मञ्जेशबम मल्ल ४ सय ६६ मतले पछि परेका छन्।

खमा राष्ट्रिय जनमोर्चाका टेकबहादुर पुनले कांग्रेसका जीत शेरचनमाथि २ हजार ५ सय ३२ मतको फराकिलो अग्रता कायम गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.