|

पाल्पा : पाल्पामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणना सुरु भएको छ। दिउँसो एक बजेबाट मतगणना सुरु भएको हो। दुवै निर्वाचन क्षेत्रको एकै पटक सुरु गरिएको हो। मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले मतपेटिकाबाट मतपत्र मतगणना स्थलमा खन्याएर सुरुवात गरेका हुन्। विभिन्न आठ ठाउँमा राखेर मतगणना गरिएको छ।

एक लाख ८१ हजार दुई सय ५५ मतदाता रहेको पाल्पामा ६७.८८ प्रतिशत मत खसेको थियो। ५३ हजार एक सय ८१ महिला र ६९ हजार आठ सय ५८ पुरुष गरी एक लाख २३ हजार ४० मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत बरालले जानकारी दिए। दुईवटा निर्वाचन क्षेत्र र चार वटा प्रदेश रहेको पाल्पामा ५३ जना उम्मेदवार चुनावी मैदानमा छन्। अबको तीन दिन भित्रमा सबै मतपरिणाम सार्वजनिक भइसक्ने मुख्य निर्वाचन अधिकृत बरालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.