|

  • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुङ्गामा प्रतिनिधिसभा सदस्य पदका लागि भएको मत गणनाको पछिल्लो अपडेट सार्वजनिक भएको छ। पछिल्लो अपडेट अनुसार एमालेका यज्ञराज सुनुवारले कांग्रेसका रामहरिलाई ३ सय ९ मतले उछिनेका छन्।

ओखलढुङ्गा क्षेत्र नं. २ अन्तर्गतका चारओटै गाउपालिकका साविकको २६ ओटा गाविसको मतगणना सार्वजनिक भएको हो। हालसम्म गणना भएको प्रतिनिधिसभा सदस्य पद तर्फको ३३ हजार २ सय सात मत गणना हुँदासम्म वाम गठबन्धनले नै अग्रता कायम गरेको छ।

वाम गठबन्धनका उम्‍मेदर एमालेका यज्ञराज सुनुवारले १४ हजार ९ सय ८५ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। सुनुवारलाई नेपाली कांग्रेसका रामहरी खतिवडाले १४ हजार ६ सय ७६ मतका साथ पछ्याईरहेका छन्।

भर्खरै सार्वजनिक गरिएको चारओटै गाँउपालिका कांग्रेसका प्रतिनिधीसभा सदस्य पदका उमेद्वार रामहरी खतिवडाले २०७४ मा संबिधानसभा सदस्य पदमा जितेको क्षेत्र हो। उता, प्रदेशसभा सदस्य पदका लागि भएको मतगणनामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ क मा अमिरबाबु गुरुङ अत्यधिक मतका साथ अग्रता कायम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.