|

काठमाडौं : पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फ काठमाडौंका १० मध्ये ८ वटा निर्वाचनमा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ। एउटामा कांग्रेस र विवेकशील साझा र एउटामा राप्रपा र वाम गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ।

अहिलेसम्म काठमाडौंका नेपाली कांग्रेसले ३ स्थानमा अग्रता कायम गरेको छ भने गठबन्धनका उम्मेदवारले ७ स्थानमा अग्रता कायम गरेका छन्। काठमाडौं १, ४ र १० बाहेक सबै निर्वाचन क्षेत्रका गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन्।

काठमाडौं १ मा भने कांग्रेसको निकटतम प्रतिस्पर्धी समेत विकेशील साझाका उम्मेदवार छन्।

कसको अग्रता? को हुन् निकटतम?

काठमाडौं १

कांग्रेसका प्रकाशमान सिंह : ६ हजार ६८५

विवेकशील साझाका रवीन्द्र मिश्र : ५ हजार ७८०

काठमाडौं २

एमालेका माधव नेपाल : ५ हजार १८६

कांग्रेस दीपकप्रसाद कुइकेल : २ हजार ७१०

काठमाडौं ३

एमालेका कृष्‍णबहादुर राई : ६ हजार ८७३

कांग्रेसकी अम्‍विका बस्‍नेत : ५ हजार ३३७

काठमाडौं ४

कांग्रेसका गगन थापा: ८ हजार ८४१

एमालेका राजन भट्टराई: ८ हजार ६७९

काठमाडौं ५

एमालेका ईश्वर पोखरेल: १ हजार ४ सय

कांग्रेसका प्रकाशशरण महत: ६१३

काठमाडौं ६

माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी : २ हजार २६५

कांग्रेसका भिमसेनदास प्रधान : १ हजार ९३०

काठमाडौं ७

एमालेका रामवीर मानन्धर: ३ हजार ३६७

राप्रपाका विक्रमबहादुर थापा : १ हजार ८८२

काठमाडौं ८

एमालेका जीवनराम श्रेष्‍ठ: ५ हजार८७८

कांग्रेसका नवीन्द्रराज जोशी: ५ हजार ७७८

काठमाडौं ९

एमालेका कृष्णगोपाल श्रेष्ठ ८ हजार ८७१

कांग्रेसका ध्‍यानगोविन्द रञ्‍जित : ५ हजार ७९९

काठमाडौं १० :

कांग्रेसका राजेन्द्रकुमार केसी ८ हजार ६९१

माओवादी केन्द्रका हितमान शाक्‍य ७ हजार २२६

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.