|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा वामगठबन्धनबाट एमालेका उम्मेदवार शेरबहादुर तामाङ विजयी भएका छन्। उनले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई ८ हजार ३२ मतान्तरले हराएका हुन्।

तामाङले ३८ हजार ४ सय १ मत ल्याए भने राणाले ३० हजार ३६९ मत मात्र ल्याए। तामाङसँग राणाको हार यो दोस्रो हो। योसँगै सिन्धुपाल्चोकमा राणाको हारको ह्याट्रिक भएको छ।

यस कारण तामाङलाई सहज 
पशुपतिशमशेर राणालाई संविधानसभा निर्वाचनमा तामाङले नै हराएका थिए। राणाका लागि यो सम्भवतः अन्तिम चुनाव हो, त्यसैले पनि उनी दबाबमा थिए। सिन्धुपाल्चोक–२ मा यसपटक स्थानीय तहको चुनाव अनुसार पहिलो शक्ति रहेको एमाले र तेस्रो शक्ति रहेको माओवादीबीच तालमेल थियो। 

त्यस्तै दोस्रो शक्ति रहेको कांग्रेस र चौथो शक्ति रहेको राप्रपा प्रजातान्त्रिकको अर्को गठबन्धन बनेको थियो। तामाङ बाहुल्य रहेको यस क्षेत्रमा यो समुदायको मत शतामाङतर्फ बढी मत गएको छ। राणा आफ्नो पार्टीको बलमा होइन कांग्रेसको बल र आफ्नो व्यक्तिगत मतमा निर्भर थिए। 

तामाङका लागि एमालेको संगठन आफुंमा धेरै सशक्त छ भने माओवादीको पनि बलियो साथ दिएको थियो। सिन्धुपाल्चोकमा राणाका परम्परागत मतदाता विभाजित हुनु र नयाँ मतदातामा उनीप्रति भन्दा तामाङप्रति भरोसा हुनु नै राणा हार्नुको कारण बनेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.