|

काठमाडौं : कांग्रेसका नेता गगन थापाले पार्टीले अपेक्षाअनुरूप उपलब्धि हासिल गर्न नसकेको स्वीकार गर्दै अब कमी कमजोरी सच्याएर पार्टी सुदृढीकरणमा लाग्ने प्रतिक्रिया दिएका छन्।

‘अब प्रतिपक्षीको रूपमा भूमिका निर्वाह गर्दै पार्टी सुदृढीकरणमा लाग्नेछौं’, काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै राष्ट्रिय सभागृहमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘मत परिणामबाट निराश नहुन साथीहरूलाई आग्रह गर्छु।’

प्रतिपक्षीको भूमिकासँगै शिक्षा र स्वास्थ्य सहज रूपमा पहुँच पुर्‍याउन लागिरहने उनले बताए। फरक प्रसंगमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जितमा नमात्तिन आग्रह गरे। ‘भावी प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ हो क्यारे!’, उनले भने, ‘उच्छृंखलता छोड्दै जानुहोला।’

आफू घाइते भएको घटनामा आफैंलाई आशंका गरेको भन्दै थापाले प्रधानमन्त्री भएपछि छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन एमाले अध्यक्ष अोलीसँग आग्रह गरे। थापाले शनिबार बिहान नै निर्वाचन अधिकृतबाट प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र ग्रहण गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.