|

दार्चुला : एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य सिट रहेको दार्चुलामा वाम गठबन्धनले 'क्लिन स्वीप' गरेको छ।

दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। उनले २८ हजार ९९८ मत ल्याएका छन्। २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका ठगुन्नाले नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिंह धामीलाई पराजित गरकाे हुन्।

नेपाली कांग्रेसका धामीले २२ हजार २३३ मत प्राप्त गरे।

त्यस्तै, प्रदेशसभा सदस्यका दुबै सिटमा वाम गठबन्धनका उम्मेदवारहरुले विजय हासिल गरेका छन्। प्रदेशसभा 'क' मा नेकपा एमालेका उम्मेदवार  गेल्बुसिंह बोहरा १६ हजार ५३ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी का‌ंग्रेसका मदन गिरीले १२ हजार ५९८ मत मात्रै प्राप्त गरे।

त्यस्तै, प्रदेशसभा 'ख' बाट माओवादीका मानबहादुर धामी (सन्तोष) विजयी भएका छन्। उनले १२ हजार ९५६ मत प्राप्त गरेका छन्। 

धामीले नेपाली कांग्रेसका उम्मेदवार जगदीशबहादुर पाललाई पराजित गरे। पालले ९ हजार ५७५ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.