|

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाली कांग्रेसलाई पुनःसंरचना गर्ने बताएका छन्।

कांग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उनले आग्रह गरेका छन्। आफू निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा कांग्रेसको वडा समितिले आयोजना गरेको विजयसभामा नेता थापाले आफ्ना मतदातालाई धन्यवाद दिँदै अबको कार्यकाललाई समृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाए।

थापाले शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच, विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडौं बनाउने आफ्नो अठोट स्मरण गरे।

आफूसँगै प्रतिस्पर्धा गरेका एमालेका डा. राजन भट्टराई र विवेकशील साझाकी सुवुना बस्नेतलाई उनले समृद्धिका लागि मिलेर काम गर्न आह्वान पनि गरे

थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजन भट्टराईलाई ३ हजार ४११ मतको अन्तरले पराजित गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.