|

काठमाडौं : मोरङ क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका छन्।

वाम गठबन्धनका साझा उम्मेदवार अमनलाल मोदीले ३३ हजार ५२९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी आचार्यले २६ हजार ८०० मत ल्याएका छन्।

६ निर्वाचन क्षेत्र रहेको मोरङमा हालसम्म पाँच निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ जसमा वाम गठबन्धनका उम्मेदवारले ४ र नेपाली कांग्रेसका उम्मेदवारले एक स्थानमा विजय हासिल गरेका छन्।

मतपरिणाम आउन बाँकी मोरङ क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डलले अग्रता लिइरहेका छन्। उनले हालसम्म १८ हजार ९८४ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्यालले १६ हजार १७५ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.