|

 गुल्मी:  गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं २ को ‘क’ प्रदेशमा नेकपा एमालेका खडग केसी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका शालिकराम पन्थीलाई ४ हजार ४ सय ९२ मत अन्तरले पराजित गरेका हुन्। 
वाम गठबन्धनको तर्फबाट एमालेका केसीले १६ हजार एक सय ६५ र पन्थीले ११ हजार ६ सय ७३ मत प्राप्त  गरेका थिए। निर्वाचन अधिकृत कमलराज गौतमले केसीलाई विजयी भएको घोषणा गरेका हुन्।  लामो समय वाम राजनीतिमा सक्रिय केसीले आफु विजयी वनेपछि सवैलाई धन्यवाद दिँदै जनताको सेवामा सधै समर्पित हुने बताए। दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको गुल्मीमा पछिल्लो मत परिणाम अनुसार सवै क्षेत्रमा वाम गठबन्धनले नै अग्रता लिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.