जमुना राई-
भोजपुर : भारी मतान्तरले भोजपुर प्रदेशसभा (ख) बाट विजयी नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री शेरधन राईले आफू प्रदेश नं एकको मुख्य मन्त्री पदका लागि योग्य भएको दाबी गरेका छन्। राईले विजय भएपछि सञ्चारकर्मी सँगको कुराकानीमा यस्तो बताएका हुन्।
आफ्नो जीवनको ७५ प्रतिशत समय राजनीतिमा लगानी गरी पार्टी र समग्र नेपाली जनताको भाग्य भविष्य निर्माणमा आफ्नो योगदान रहेको राईको दाबी रहेको छ। राईले आफू प्रतिनिधिसभाका लागि योग्य उम्मेदवार रहे पनि प्रदेश नं १ को समाजिक र सांस्कृतिक हिसाबले आफ्नो आवश्यकता मुख्य मन्त्रीमा रहेकाले प्रदेशसभाको उम्मेदवार भई निर्वाचित भएको दाबी गरेका छन्।
विगतमा भोजपुरमा कम्युनिस्टहरुले नै निर्वाचनमा विजयी हुँदै आए पनि अहिले आफू माग्ने नभएर दिने हैसियतमा भएकाले भोजपुरको विकास र समृद्धिमा नसोचेको परिवर्तन हुनेसमेत राईको दाबी थियो। राईले २० हजार ३ सय ३४ मत प्राप्त गर्दै कांग्रेसका गोविन्दबहादुर कार्कीलाई पराजित गरेका हुन्। कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।