|

आलोक माबोहाङ लिम्बू-

    ताप्लेजुङ : संघीय प्रतिनिधिसभा सदस्य पदमा शनिबार बिहान निर्वाचित भएका नेकपा (एमाले) केन्द्रीय सचिव योगेश भट्टराईको प्राथमिकताः समृद्ध ताप्लेजुङ र संविधान कार्यान्वयन मुख्य प्राथमिकता भएको प्रारम्भिक प्रतिक्रिया दिए।

    भट्टराईले निर्वाचनपूर्व ताप्लेजुङका आममतदाता र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने अठोट लिएको बताए। आफूले घोषणा गरेको झापादेखि ताप्लेजुङ हुँदै ठिप्तला नाकासम्म जोड्ने उत्तरदक्षिण लोकमार्ग, तमोर करिडोर, अलैँची कृषक, पर्यटन लगायतको विकासमा जोड दिने बताए।

    अब सबै किसिमका प्रतिस्पर्धाको समय सकिएको र देशको समृद्धि, विकास र राजनीतिक स्थायित्व र संविधान कार्यान्वयनको कोर्षले फड्को मारेको नवनिर्वाचित संघीय प्रतिनिधिसभा सदस्य भट्टराईले जानकारी दिए।

    ताप्लेजुङको १ मात्र संघीय प्रतिनिधिसभा सदस्य पदमा भट्टराईले २९ हजार ४ सय ७९ मत प्राप्त गरी १२ हजार ५ सय ९१ फराकिलो मतान्तरले शनिबार बिहान निर्वाचित भएका हुन्।

    संघीय प्रतिनिधिसभा सदस्य पदमा भट्टराईले विभिन्न ८ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। ताप्लेजुङमा संघ र प्रदेश प्रतिनिधिसभा निर्वाचनको लागि भएको मतदानमा कुल ७८ हजार ३ सय ९७ मतदाताभध्ये ५१ हजार ७ सय ४३ ले मतदान गरेका थिए।

    को हुन् टंक आङबुहाङ?

    ताप्लेजुङ प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य टंक आङबुहाङ १२ हजार १९८ मत प्राप्त गरी बिजयी मत प्राप्त गरी विजयी भएका छन्।

    ताप्लेजुुङ प्रदेशसभा ‘ख’ मा आङबुहाङसहित ८ जनाले प्रतिस्पर्धामा थिए। मत प्राप्त गरी विजयी भएका हुुन्। आङबुहाङका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङले ७ हजार ५ सय ८६ मत प्राप्त गरेका थिए। सेन्दाङभन्दा  आङबुहाङ ४ हजार ६ सय ११ बढी मत प्राप्त गरी विजयी भएका हुन्।

    प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र ‘ख’ मा २२ हजार ७ सय २७ मत खसेको थियो। 

    ०३७ कात्तिक १० गते बुबा पदमध्वज आङबुहाङ र आमा कान्छीमाया आङबुहाङको कोखबाट नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सचिबालय सदस्य टंक आङबुहाङको आठराई त्रिवेणी गाउँपालिका ५ नम्बर वडा साविक चाँगे गाविस वडा नं. १) चाँगे, ताप्लेजुङमा जन्म भएको हो।

    वाम गठबन्धनबाट प्रदेशसभातर्फ ताप्लेजुङ क्षेत्र नं (ख) मा प्रत्यक्षतर्फ विजयी आङबुहाङले १२ हजार १ सय ९८ मत प्राप्त गरी बिजयी भएका छन्।

    राजनीतिक यात्रा

    २०४९: एमाले सम्बद्ध अनेरास्ववियुमा संगठित

    २०५२: नेकपा (माओवादी) सँग सम्पर्क

    २०५३: नेकपा (माओवादी) को ए.सी.एम., अर्ध–भूमिगत

    २०५६: नेकपा (माओवादी) मा पूर्णकालिन, पूर्ण भूमिगत

    २०५७: नेकपा (माओवादी) डी.सी.एम.

    २०५८: नेकपा (माओवादी) क्षेत्रीय ब्यूरो सदस्य

    २०५९: नेकपा (माओवादी) केन्द्रीय सदस्य

    २०६०: नेकपा (माओवादी) ब्रिगेड कमिशार सेक्रेटरी

    २०६४–२०६७: नेकपा (माओवादी) पोलिट ब्यूरो सदस्य, पुनस्र्थापित (अन्तरिम) प्रतिनिधिसभा सदस्य।

    हालः नेकपा (माओवादी केन्द्र) सचिवालय सदस्य

    को हुन् बलबहादुर साम्सोहाङ?

    ताप्लेजुङको प्रदेश प्रतिनिधिसभा (एमाले) अध्यक्ष संयुक्त वाम गठबन्धन उम्मेदवार बलबहादुर साम्सोहाङ १५ हजार ४ सय १७ मत मत प्राप्त गरी विजयी भएका छन्।

    प्रदेश प्रतिनिधीसभा ‘क’ निर्वाचन क्षेत्रमा नेकपा एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ १५ हजार ४१७ मतसहित विजयी भएका छन्। शनिबार बिहान सवा १ बजे विजयी घोषणा गरिएको छ। ‘ख’ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य टंक आङबुहाङ १२ हजार १९८ मत प्राप्त गरी शुक्रबार राति सवा ११ बजे विजयी घोषणा गरिएको छ।

    साम्सोहाङका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लिलादेवी बोखिमले १० हजार ९७४ मत प्राप्त गरेका छन्। बोखिमभन्दा सामसोहाङ ४ हजार ४ सय ४३  बढी मत प्राप्त गरी विजयी भएका हुन्।

    प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र ‘क’ २९ हजार १६ मत खसेको थियो जसमा २८ हजार ९४७ मत सदर भएको हो। ताप्लेजुङ प्रदेशसभा ‘क’ मा साम्सोहाङसहित ७ जना प्रतिस्पर्धामा थिए।

    बलबहादुर साम्सोहाङ २०२७ साल मंसिर २ गते ताप्लेजुङ जिल्लाको साविक चाक्सिबोटे गाविस वडा नं ९ हाल याङ्वरक गाउँपालिका ५ नम्बर वडामा बाबु जसबहादुर साम्सोहाङ र आमा फिपावती साम्सोहाङको कोखबाट जन्मिएका हुन्।

    प्रदेश प्रतिनीधिसभातर्फ निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्ष निर्वाचित, बिबाहित साम्सोहाङको टिकामाया साम्सोहाङ श्रीमतिको स्वर्गाहोहण भईसकेको छ। उनले स्नातकसम्मको अध्ययन सकाएका छन्। 

    २०३७ सालदेखि सक्रिय राजनीतिमा होमिएका साम्सोहाङ एमालेका इमान्दार र कर्मठ नेकपा (एमाले) का कार्यकर्ता हुन्।

    राजनीतिक यात्राः

    २०३७ सालमा पार्टीको साधारण सदस्यता प्राप्त, २०४५ देखि २०५१ सालसम्म अनेरास्ववियु जिल्ला अध्यक्ष, २०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य, त्यसपछि जिल्ला सचिव हुँदै हाल नेकपा (एमाले) जिल्ला कमिटी ताप्लेजुङको अध्यक्ष।

    अन्य संलग्नता

    २०६४ देखि निरन्तर २०७४ साल असार महिनासम्म पाथीभरा बहुमुखी क्याम्पसको अध्यक्ष, पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक,

    बन्दी तथा जेल जीवनः

    अनेरास्ववियुको आन्दोलनका क्रममा २०४० साल चैत १९ गते प्रहरीले पहिलो पटक पक्राउ गरि १३ दिन प्रहरी हिरासतमा राखेको, २०६२÷६३ को जनआन्दोलनको क्रममा प्रहरीद्धारा ५ दिन गिरफ्तारी।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.