|

पाँचथर : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जिल्लाबाट तीनैजना वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। प्रतिनिधिसभामा एमालेका वसन्तकुमार नेम्वाङ,प्रदेशसभा ‘क’मा एमालेकै गणेशकुमार काम्वाङ ‘ख’ मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो (मौसम) निर्वाचित हुन्।

प्रतिनिधिसभा सदस्यमा नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेलाई १० हजार ६ सय १६ मतान्तरले पराजित गरे। नेम्वाङले ३८ हजार ६ सय ४२ मत पाए भने आङ्देम्बेले २८ हजार २५ मत पाए।

यो नेम्वाङको तेस्रो जित हो भने आङदेम्बेको तेस्रो हार हो। नेम्वाङले २०४८,२०५६ र २०७४ मा निर्वाचन जितेका हुन्। कांग्रेस नेता आङदेम्बेले भने २०५६ र २०६४ र २०७४ मा पराजय बेहोरेका छन्। उनले २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा भने जित हासिल गरेका थिए। 

जिल्लाको प्रदेशसभा‘क’बाट निर्वाचित काम्वाङ भने यसअघि २०७० मा भएको संविधानसभा सदस्यमा निर्वाचन जितेका थिए। २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा भने उनले हार ब्यहोरेका थिए। प्रदेशसभा‘ख’बाट निर्वाचित आङ्बोको भने यो पहिलो चुनावी प्रतिस्पर्धा हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.