|

कपिलवस्तु : कपिलवस्तुको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ मा वाम गठबन्धनको बृजेशकुमार गुप्ता विजयी भएका छन्। गुप्ताले कांग्रेसका जिल्ला सभापतिसमेत रहेका सुरेन्द्रराज आचार्यलाई ३ हजार ५ सय ८१ मत अन्तरले पराजित गरेका हुन्।

गुप्ताले ३५ हजार १ सय ४७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्रराज आचार्यले ३१ हजार ५ सय ६६ मत पाएका छन्। कुल ७५ हजार ९ सय ८९ खसेको मतमध्ये ७१ हजार ९ सय १४ मत सदर भएको थियो भने ४०७५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत ओमकार उपाध्यायले जानकारी दिए।

 गुप्ताले ०५६ देखि भएका निर्वाचनमा लगातार जित हात पार्दै आएका छन्। केही समय पहिले राजपा नेपाल छाडेर स्वतन्त्र समूह बनाएर सूर्य चुनाव चिह्न लिएर चुनाव लडेका थिए।

यसैबीच, प्रतिनिधिसभा ३ को २ मा नेपाली कांग्रेसका वीरेन्द्र कुमार कनोडिया विजयी भएका छन्। कनोडियाले ६ हजार ६ सय ७९ मत ल्याएर वाम गठबन्धनका जावेद खाँलाई पराजित गरेका छन्। खाँले ६ हजार ४ सय ७ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.