|
फाइल फोटो

दमक(झापा) :  झापाका प्रतिनिधिसभाका ५ र प्रदेश सभाका १० निर्वाचन क्षेत्रमा आफू अनुकुलको नजिता आएपछि विजयी सभामा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार गृह जिल्ला झापा आउँदैछन्।

एक रात झापाका बिताउने कार्यतालिकासहित गृह जिल्ला आउन लागेका ओलीको सोमबार दिन भर विजय सभामा सहभागी हुने कार्यक्रम छ। बिहान भद्रपुर बिमानस्थलमा अवतरण भएर झापाका सवै निर्वाचन क्षेत्रमा खुसियाली मनाउन उनी पुग्ने ओलीको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन्।

झापाका ५ निर्वाचन क्षेत्रमा वाम गठबन्धन र गठबन्धनले साथ दिएका उम्मेदवारले चुनाव जितेका छन्। निर्वाचितमध्ये एक नम्बर क्षेत्रका सुरेन्द्रकुमार कार्की वाम गठबन्धनमा आवद्ध  माओवादी केन्द्रका नेता हुन्। २ र ४ मा भने एमालेकै उम्मेदवार विजयी बन्दा क्षेत्र नं. ५ मा उनी फराकिलो मत अन्तरले विजयी बनेका छन्। क्षेत्र नं. ३ मा भने वाम गठबन्धनको सहयोगमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित बने।

देशैभरी कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग साझेदारी गरेको राप्रपाले भने झापामा वाम गठबन्धनसँग साथ लिएको हो। एक प्रतिनिधिसभामा वाम गठबन्धनको साथ पाएको राप्रपाले अन्य क्षेत्रमा भने वाम गठबन्धनका उम्मेदवारलाई जिताउन सघाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.