|

सल्यान : एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभामा माओवादी केन्द्रका टेकबहादुर बस्नेत विजयी भएका छन्। उनी ४० हजार ८९७ मत ल्याई विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत ल्याएका छन्।

यो जितसँगै बस्नेतले सल्यानमा 'ह्याट्रिक' जित हासिल गरेका छन्। उनले २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका प्रकाश ज्वाला र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेकै गुलाबजंग शाहलाई परिजित गरेका थिए। 

यस्तै प्रदेशसभा 'क' मा एमालेका गुलाबजंग शाह विजयी भएका । उनले १९,६५८ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका एकराज डाँगीले १ हजार ६१२ मत ल्याएका छन्। 

प्रदेशसभा 'ख' मा एमालेका उम्मेदवार प्रकाश ज्वाला विजयी भएका छन्। उनले १९ हजार ८३६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत ल्याएका छन्। 

१ लाख ३४ हजार १ सय ३४ मतदाता मध्ये प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ८३ हजार ८ सय ३२ मत खसेको थियो जसमा पुरुष ३६ हजार ३४७, महिला ४७ हजार ४८५ थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.