|

बारा : क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार उमाकान्त चौधरी विजयी भएका छन्। उनी प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार अच्युत मैनालीको भन्दा २ हजार ४२० बढी मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। 

चौधरीले २४ हजार ४ सय ५० मत प्राप्त गरेका छन् भने मैनालीले २२ हजार ३० मत ल्याए। राजपाका रामकिशोर प्रसाद यादवले २० हजार १४४ मत पाए। 

पूर्व स्वास्थ्यमन्त्री चौधरी बाराबाट तेस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। २०५६ मा निर्वाचन क्षेत्र नं.१ र २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नं.५ बाट  विजयी भएका थिए। उनी हाल पार्टीका केन्द्रीय सदस्य छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.