|

कावासोती : नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुर क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमालेका केन्द्रीय सदस्य तिलक महत विजयी भएका छन्।  उनले  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विष्णुकुमार कार्कीलाई १३ सय ३३ मत अन्तरले हराएका हुन्।

महतले ३९ हजार ५३ मत प्राप्त गरेका छन् भने कार्कीले ३७ हजार ७ सय २० मत पाएका छन्। 

यस्तै  क्षेत्र नं.२ को प्रदेशसभा ‘क’ मा कांग्रेसका विष्णु लामिछाने विजयी भएका छन्। उनले माओवादी केन्द्रका बालकृष्ण गौरे (किसन) लाई हराएका हुन् । लामिछानेले १९ हजार २२२ मत पाए भने गौरेले १८ हजार १६१ मत ल्याए। 

क्षेत्र नं.२ को प्रदेशसभा २ ‘ख’ मा  वाम गठबन्धनका साझा उम्मेदवार  एमालेका जनकलाल श्रेष्ठ विजयी भएका छन्। कांग्रेसका गणेशमान श्रेष्ठ पराजित भएका हुन्। जनकलालले १९ हजार ३ सय ७८ मत प्राप्त गरे भने गणेशमानले १९ हजार ४७ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.