|

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। सोमबार दिउँसो मतगणना सकिँदा प्रचण्डले ४८,२६९ मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले ३८,९४२ मत पाएका छन्। प्रचण्डले ९,३२७ मतान्तरले पाण्डेलाई पराजित गरेका हुन्। माओवादीले चुनावका लागि नेकपा एमालेसाग गठबन्धन गरेको थियो भने राप्रपा प्रजातान्त्रिकले नेपाली कांग्रेससँग गठबन्धन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.