|

वीरगञ्ज : पर्सा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विमल श्रीवास्तव निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका पूर्वसांसद एवं केन्द्रीय अजय कुमार चौरसियालाई १ हजार ४ सय ६५ मतको अन्तरले पराजित गर्दै फोरम–राजपा गठबन्धनका उम्मेदवार श्रीवास्तव निर्वाचित भएका हुन्।

श्रीवास्तवले २१ हजार १ सय ६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चौरसियाले १९ हजार ७ सय ४ मत ल्याएका छन्। त्यस्तै चौरसियालाई पछ्याउँदै वाम गठबन्धनका संयुक्त उम्मेदवार महमद सलिम मन्सुरले ६ हजार ७ सय २९ मत प्राप्त गरेका छन्।

वीरगञ्जको ४ पटक नगर प्रमुख बनिसकेका श्रीवास्तव संविधानसभा निर्वाचन पहिलो र दोस्रो दुवैमा पराजित भएका थिए र भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि उनी फोरम नेपालकै विजय कुमार सरावगीसँग पराजित भएका थिए।

फोरम लोकतान्त्रिकबाट स्थानीय तह निर्वाचनमा भिडेका श्रीवास्तव महानगरको निर्वाचनमा पराजय बेहोरेपछि फोरम नेपालमै प्रवेश गरेका थिए र प्रतिनिधिसभा सदस्यका लागि पर्सा निर्वाचन क्षेत्र २ बाट टिकट पाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.