|

जनकपुरधाम : धनुषा १ (ख) मा नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र मण्डल विजयी भएका छन्। वाम गठबन्धनका उम्मेदवार मण्डल १३ हजार ४ सय ६८ मत ल्याएर विजयी भएका छन्। उनका निकटत्तम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार रिता यादवले ९ हजार ८ सय ६५ मतमात्र ल्याइन्। 

को हुन् मण्डल?

विगतको संविधानसभाको निर्वाचनबाट झिनो मतान्तरले पराजित भएका मण्डल माओवादी केन्द्रका सचिवालय सदस्य हुन्। नेता मण्डललाई 'मास्टर साहेब' भनेर चिन्ने गरिन्छ। उनी कक्षा १२ मा पढ्दै गर्दा कक्षा १२ कै विद्यार्थीहरुलाई पढाउने अद्भभुत क्षमता देखेर उनलाई 'मास्टर साहब' नाम राखिएको उनका सहपाठीहरु बताउँछन्। जुन नाम अहिलेसम्म पनि कायम रहेको छ।

उनलाई जनकपुरधाम क्षेत्रमा शिक्षाको मर्यादापालक भनेर समेत चिन्निछ। बाबु परमेश्वर मण्डल र आमा सितल्ली देवी मण्डलका छोरा रामचन्द्र २०३० साल साउन १७ गते धनुषाको परशुराम तलाउ (हाल मिथिलाविहारी नगरपालिका) धनुषामा जन्मेका हुन्। निम्न मध्यमवर्गीय परिवारमा हुर्केका कारण सानैदेखि अन्याय अत्याचार तथा निमुखा तथा अन्याय अत्याचार विरुद्ध संंघर्ष गर्दै आएका रामचन्द्र मण्डलले स्नातकोत्तर गरेका छन्।

उनी २०४६ सालमा तत्कालिन नेकपा मालेको गाउँ कमिटीको सचिव हुदै २०५४ देखि ०६० सालसम्म शिक्षण पेशामा आवद्ध रहेका मण्डल २०५९ सालमा नेकपा माओवादीमा प्रवेश गरी भूमिगत भएका थिए। अखिल नेपाल शिक्षक संगठनका संस्थापकको रुपमा कार्य जिम्मेवारी पूरा गर्दै मण्डल २०६३ सालमा नेकपा माओवादीको जिल्ला ईन्चार्ज, सेक्रेटरी, केन्द्रिय सदस्य, पोलिटब्यूरो सदस्य हुदै हाल सचिवालय सदस्य रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.