|

  • पार्थ मण्डल-

झापाः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा वामपन्थीको पक्षमा आएको चुनावी परिणाम लोकतान्त्रिक आन्दोलनको पक्षमा आएको बताएका छन्।

झापा क्षेत्र नम्बर– ५ मा दोब्बर मतान्तरले विजय हासिल गरेका एमाले अध्यक्ष ओलीले भद्रपुरस्थित जिल्ला हुलाक कार्यालयमा रहेको क्षेत्र नम्बर– ५ को निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचित भएको प्रमाणपत्र बुझ्दै यस्तो बताएका हुन्। 

बहुमत ल्याउनु मात्र ठूलो कुरा नभएको तर्क राख्दै अध्यक्ष ओलीले भने, ‘बहुमत आउने भन्दैमा देशमा स्थिरता र स्थायित्वता हुन्छ भन्ने छैन। कसको हातमा बहुमत छ, त्यो ठूलो कुरा हो।’ उनले नेपाली जनताले त्यस कुरालाई बुझेर विभिन्न समयमा भएको आन्दोलनको पक्षमा मत दिएको  बताए।

पूर्व प्रधामन्त्रीसमेत रहेका ओलीले जनतामा अझै पनि एउटा भ्रम रहेको भन्दै यो विजयपश्चात अब बन्ने बहुमतको सरकार उन्माद र दमनकारी नहुने दाबी गरे। उनले भने, ‘हामी आफैँ दमनमा परेका र भोगेका मान्छे हौँ, त्यसैले आमजनताले दिएको बहुमतको सरकारले जनता र लोकतन्त्रको पक्षमा काम गर्नेछ।’ 

अबको सरकारले प्रतिपक्षलाई साथ लिएर अघि बढ्ने बताउँदै उनले भने, ‘प्रतिपक्षको विश्वास र मन जितेर राष्ट्रलाई एकताबद्ध, विकासोन्मुख र समृद्धितर्फ अघि बढाउन हातेमालो गरेर अघि बढ्नेछौँ।’ 

त्यसैगरी निर्वाचित भएर पहिलो पटक गृहजिल्ला झापा आएका ओलीले भद्रपुरस्थित मेची रंगशालामा आयोजित विजयसभालाई समेत सम्बोधन गरेका थिए।विजयसभा सम्बोधनपश्चात भद्रपुरबाटै विजय उत्वससहितको ¥याली निकालेर धुलाबारी, काँकडभिट्टा हुँदै बिर्तामोड, कनकाई र दमकका विजयीसभामा सहभागी हुने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.