|

  • अर्जुन सुबेदी-

सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर एकमा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईको लाज्जास्पद हार भएको छ। राईलाई एमालेका उम्मेदवार जयकुमार राइले दोब्बर मत अन्तरले पराजित गरेका हुन्। सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाबाट विजयी भएका जयकुमार राई अशोक राईका चेला हुन्।

जयकुमारले अशोकलाई २२ हजार ४ सय ५ मतले पराजित गरेका छन्। जयकुमारले ४४ हजार ५ सय २८ मत ल्याए भने अशोक राईले २२ हजार १ सय २३ मत मात्र पाए। पराजित अशोक राईलाई नेपाली कांग्रेसले समेत सहयोग गरेको थियो।

पराजित अशोक राई यसअघि खोटाङ र उदयपुरबाट उम्मेदवार बनेका थिए। यसपालि क्षेत्र परिवर्तन गर्दै सुनसरी पुगेका राई फेरि पनि पराजित भएका हुन्। २०७० सालको चुनावमा समानुपातिकबाट सांसद बनेका राई संघीय समाजवादी फोरमको संसदीय दलको नेता समेत बनेका थिए।

को हुन् जयकुमार

नेकपा एमाले सुनसरीका जिल्ला सदस्य जयकुमार पहिलोपटक संसदीय चुनावमा उम्मेदवार बनेका थिए। उनको जन्म २०२५ सालको साउन २४ गते भोजपुरको बालंगामा भएको हो। जयकुमारले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन। शिक्षा सदन मावि धरानबाट एसएलसी दिएका राईले महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्। २०३९ सालमा शिक्षा सदन माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य भएका राई पछि उपाध्यक्ष हुँदै अध्यक्ष बने।

महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दा क्याम्पस इकाइ कमिटिमा आवद्ध भएका उनी जिल्ला कमिटीको उपाध्यक्ष समेत बन्नुभयो। अनेरास्ववियुको कोशी अञ्चल कमिटी संयोजक बनेका जयकुमार एमालेको भने जिल्ला सदस्य तथा विद्यार्थी इन्चार्जसम्म बनेका थिए। अहिले उनी नेकपा एमाले धरान उपमहानगरपालिकाको सहइन्चार्ज रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.