|

काठमाडौं : प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला विजयी भएकाले दलहरूले समानुपातिकबाट धेरै (करिब ८० प्रतिशत) लाई सांसद बनाउनुपर्ने देखिएको छ।

संवैधानिक व्यवस्थाअनुसार संसदमा ३३ प्रतिशत महिला सदस्य अनिवार्य छ। दलहरूले प्रत्यक्षमा उम्मेदवार बनाउँद थोरै मात्र महिलालाई समेटेका थिए। भने विजयी भएर अउने महिलाको संख्या त झनै न्यून छ।

सोमबार साँझसम्मको नतिजा हेर्दा प्रतिनिधिसभामा पाँच जना मात्र महिला निर्वाचित भएका छन्। प्युठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, कञ्चनपुर–१ बाट माओवादी केन्द्रकी विना मगर, ललितपुर–३ बाट माओवादी केन्द्रकी पम्फा भुसाल, झापा– ३ बाट एमालेकी पवित्रा निरौला र स्कुमपूर्व– १ बाट माओवादी केन्द्रकी कमला रोका जियी भएका छन्।

मतगणना जारी रहेका क्षेत्रमध्ये सुनसरी–३ मा एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदारसँग प्रतिस्पर्धामा छिन् भने स्याङ्जा–२ मा एमालेकी पद्मा अर्याल कांग्रेसका गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धामा गर्दैछिन्।

प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकबाट ११० गरी प्रतिनिधिसभामा २७५ सदस्य हुनेछन्। यस्तै राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ। राष्ट्रियसभाका लागि सात प्रदेशबाट ८ ८ जना निर्वाचित हुनेछन्। राष्ट्रपतिले ३ जना मनोनित गर्ने व्यवस्था छ।

संविधानअनुसार अब बन्ने संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको कुल ३ सय ३४ सिटको ३३ प्रतिशत अर्थात् ११० सदस्य महिला हुन आवश्यक छ। संविधानको धारा ३८ (४)  ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक प्रदान गरेको छ।

धारा ८४ (८) ले भने संघीय संसदमा कम्तीमा ३३ प्रतिशत महिला हुनैपर्छ भन्ने उल्लेख छ। यस्तै व्यवस्था संविधानको धारा १७६ (९) ले प्रदेशसभाका निम्ति पनि गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.