|

सुनसरी : विवादका कारण अनिश्चित बनेको सुनसरी- ३ को मतगणना पुन: सुरु गर्न अहिले बिहान सर्वदलीय बैठक बस्दैछ। सोमबार बिहानदेखि अवरुद्ध मतगणना सुरु गर्नबैठक बस्न लागेको जिल्ला निर्वाचन कार्यलय सुनसरीका निर्वाचन अधिकृत भक्तबहादुर भट्टराईले जानकारी दिए।

यस क्षेत्रमा कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ।

गणनाका क्रममा सोमबार मतपेटिकामा अर्धकट्टीसहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएपछि विवाद भएको हो। अर्धकट्टीसहित भेटिएका मतपत्रमा कांग्रेसको चुनाव चिह्न रुखमा छाप लागेको भेटिएको भन्दै चौधरीले मतपत्र सार्वजनिक गर्न र सिरियल नम्बर देखाउन माग गरेकी थिइन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र सार्वजनिक गर्न नमानेपछि विवाद भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.