|

डडेल्धुराः डडेल्धुरासहित ७ नम्बर प्रदेशका विभिन्न हिमाली तथा पहाडी जिल्लामा हिमपातका कारण अत्यधिक चिसो बढेको छ।

हिमाली जिल्ला बझाङ, बाजुरा र दार्चुलालगायतका जिल्लाहरूका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो एक्कासि बढेको हो। गत रातबाट पानी परेसँगै बिहान प्रदेश नम्बर ७ का हिमाली जिल्लाहरूमा हिमपात भएको हो। 

डडेल्धुरामा मंगलबार बिहान असिना पानीसमेत परेको थियो। हिमाली जिल्लाका हिमाली गाउँपालिकाहरूमा हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ।

हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन्। एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्। 

चिसो मौसम सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रुघा खोकीका बिरामीहरूको संख्यामा समेत वृद्धि हुन थालेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। चिसोे बढेसँगै जिल्लाको मुख्य व्यापारिक केन्द्र बागबजारका फेन्सी पसलहरूको व्यापारमा समेत वृद्धि भएको छ।

प्रदेश नम्बर ७ का अधिकांश किसानले आकाशे पानीको भरमा खेती गर्ने गरेका हुनाले पानी नपर्दा यस वर्ष उत्पादनमा निकै ह्रास आउने सम्भावना बढेको थियो। लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका हिमाली भेगका किसानलाई भने हिमपातले धेरै राहत पु¥याएको छ। बाक्लो हिउँ परेसँगै यहाँका गाउँघर सेताम्य बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.