|

कालिकोट : मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयले तीन दिन लगाएर समानुपातिक तर्फको मत गणना सकेको हो।

प्राप्त परिणमअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा माओवादी केन्द्रले सबैभन्दा धेरै मत पाएको छ। दोस्रोमा एमाले र तेस्रोमा कांग्रेस छन्। प्रतिनिधिसभामा माओवादी केन्द्रले ११ हजार ४ सय ८० मत प्राप्त गरेको छ भने एमालेले १० हजार ९ सय ७८ र कांग्रेसले ६ हजार ५ सय ३ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ८ सय ५१, नेपाल मजदुर किसान पार्टीले १ हजार ७ सय २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले १ हजार ६ सय ४० र नयाँ शक्तिले ६ सय ६४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रदेशसभा समानुपातिकतर्फ प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रको ४ हजार ७ सय ९७,  नेकपा एमाले ४ हजार ६ सय र नेपाल मजदुर किसान पार्टीले २ हजार १७ पाउँदा कांग्रेसले १ हजार ५ सय ६० मत पाएको छ। राप्रपाले १ हजार ८ सय ६१ मत प्राप्त गरेको छ।

त्यस्तै, प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रले ६ हजार १८, नेकपा एमालेले ५ हजार ४ सय ३९, नेपाली कांग्रेसले ४ हजार ५ सय ७० मत पाउँदा राप्रपाले ९ सय २९, नेमकिपाले ५ सय ७४ र नयाँ शक्ति पार्टीले ६ सय ९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.