खेलकुद

दुहबी गोल्डकपमा अाज अार्मी र रूपन्देही ११ भिड्ने
SHARES

मंसिर २८, २०७४

    सुनसरी : सुनसरीको दुहबीमा जारी दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा बिहीबार रूपन्देही ११ र सेनाको त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दुहबी रंगशालामा दिउसो ३ बजे सुरु हुनेछ।

    विजेताले उपाधिका लागि शनिबार मनाङ मर्स्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्चलाइ १–० ले हराउँदै मनाङले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। आर्मीसँग प्रतिस्पर्धा गर्न लागेको रूपन्देही–११ले हिमालयन शेर्पालाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्दा आर्मी मोरङ ११ लाई ४–२ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा पुगेको हो।

    प्रतियोगितामा नेपालका 'ए' डिभिजन स्तरका ८ टिमको सहभागिता छ। गोल्डकप विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित शिल्ड पाउने आयोजक क्लबका खेल संयोजक एवं सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष दिलीप राईले जानकारी दिए ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]