|

भक्तपुर : मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा देवराज काफ्ले घुस सहित रंगे हात पक्राउ परेका छन् काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार मालपोत कार्यालय भक्तपुरबाट नगद एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

काफ्लेले सूर्यविनायक नगरपालिका १ नंखेलको जग्गा डोरपास गराइदिन एक लाख घुस मागेको सूचनाको आधारमा अख्तियार टोलीले मालपोत कार्यालय भक्तपुरमा छापा मारेको थियो।

अख्तियारको टोलीले काफ्लेलाई कार्यालयको अण्डर ग्राउण्डमा घुस लिंदालिंदै पक्राउ गरेको हो। काफ्लेलाई हिरासतमा लिएर थप अनुुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.