|

काठमाडौं: फिल्म 'पञ्चेबाजा'को गीत सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यस फिल्मको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक भएको 'घिन घिन मादल' बोलको गीतमा विकास चौधरीले संगीत भरेका छन्। प्रदीप भारद्वाजको शब्द रहेको यस गीतमा अन्जु पन्त र डेभिड शंकरको स्वर रहेको छ। लोकलयमा तयार यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र जस्मिन श्रेष्ठको नृत्य देख्न सकिन्छ। भिडियोमा कविराज गहतराजको करियोग्राफी रहेको छ।

'न्यु भेनु फिल्म्स'को व्यानरमा निर्माण भएको फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन्। राजेश शाहीले निर्माण गरेको यस फिल्ममा सारा गुरुङको पनि लगानी रहेको छ। फिल्ममा सौगात र जस्मिनका अलावा कर्मा, बुद्धि तामाङ, सृजना सुब्बालगायतको भूमिका रहेको छ।

फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा प्रदीप भारद्वाजको पटकथा, कालीप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। हरि घले लामाले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।  

हेर्नुहोस् गीत:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.